वैदेशिक अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर ज्ञान करिअर ईन्स्टिच्यूट प्रालिले क्यानडियन एजुकेशनल वेभिनारको आयोजना गरेको छ । शैक्षिक परामर्शदाता कम्पनी ज्ञान ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई वेभिनारमा सहभागी भई क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण कुराहरुको जानकारी लिन आह्वान समेत गरेको छ ।

‘स्टडी ईन क्यानडा वेभिनार’ फेब्रअरी ४ अर्थात माघ २१ गते शनिबार विहान १० बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार वेभिनारमा भाग लिनका लागि विद्यार्थीहरुले अनलाईनमार्फत दर्ता गर्नुपर्ने हुन्छ । कम्पनीको अफिसियल वेभसाईट र फेसबुक पेजमा राखिएको लिंकमार्फत विद्यार्थीहरुले वेभिनारको लागि रजिष्ट्रेशन गर्न सक्ने ईन्स्टिच्यूटकी प्रबन्धन निर्देशक अकृजा पोखरेलले बताईन् । ‘यो क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको लागि निकै गज्जबको अवसर हो । किनभने विद्यार्थीहरुले सोझै क्यानडाको यूनिभर्सिटी र कलेजका प्रतिनीधिहरुसँग त्यहाँको शैक्षिक प्रणाली, शैक्षिक स्थिती र अध्यापन शैलीको विषयमा जानकारी लिन सक्नेछन् ।’ पोखरेलले भनिन्-‘म सकेसम्म अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरुले यो वेभिनार नछुटाउन भन्ने चाहन्छु ।’

वेभिनारमा क्यानडाका २० भन्दा बढि कलेज तथा युनिभर्सिटीका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई सहजीकरण गर्नेछन् । वेभिनारमा विद्यार्थीहरुले क्यानडा अध्ययनका लागि आवश्यक प्रकृया, त्यहाँको कलेजहरु र ती कलेजले पढाउने विभिन्न विषयगत कक्षाहरुको बारेमा जानकारी लिन सक्नेछन् । साथै वेभिनारमा सहभागी विद्यार्थीहरुले अनलाईनमार्फत तत्काल भर्ना रजिष्ट्रेशन गर्ने मौका पाउनुका साथै क्यानडियन कलेज तथा यूनिभर्सिटीबाट पाउने छात्रवृत्ति समेत पाउनेछन् ।

वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागि क्यानडा सबैभन्दा धेरै रोजाईमा पर्ने मुलुक हो । अष्ट्रेलिया र अमेरिकापछि सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययनका लागि क्यानडा जान चाहने रेकर्डले देखाउँछ । विश्वस्तरीय अध्यापन शैली र अध्ययनपश्चात रोजगारीको पनि अवसर हुने भएकोले नेपाली विद्यार्थीहरुको अत्याधिक रोजाईमा क्यानडा पर्दै आएको छ ।

Share This